लागूऔषध सहित एक युवक पक्राउ

डेटूडे खबर डेस्क
१८ आषाढ़ २०७९
जनकपुरधाम । सर्लाहीबाट लागूऔषधसहित १ युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका ३ का २० वर्षीय महमद बसिर साह फकिर रहेका छन् ।
मलंगवा ८ स्थित खटेको प्रहरी चेकिङ टोलीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका फकिरलाई शंका लागि खानतलासी गर्दा नाइट्राजेपाम ट्याब्लेट २० पिस फेला परेका प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।