बस दुर्घटना, ११ जनाको मृत्यु

डेटूडे खबर डेस्क
२१ आषाढ़ २०७९
रामेछापको सुनापती गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले जानकारी दिए।
उनले भने, ‘घटनास्थलमा ९ जनाको मृत्यु भएको र उपचारका लागि लैजाँदै गर्दा बाटोमा दुई जनाको मृत्यु भएको छ। २७ जना सवार बसमा एकजना बेपत्ता छन्।’
घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ भने घाइतेको अवस्था गम्भीर भएकाेले मृतककाे संख्या बढ्न सक्ने उनकाे भनाइ छ।