एसइई नतिजा अबको एकसातामा प्रकाशित गर्छौं : परीक्षा बोर्ड

  डेटूडे खबर डेस्क
  २२ आषाढ़ २०७९

                            

जनकपुरधाम ।  राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यही असार मसान्तभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित हुने बताएका छन्। उत्तरपुस्तिका परीक्षणदेखि सबै प्रक्रिया लगभग पूरा भइसकेको जानकारी दिँदै उनले यही महिनाको अन्तिममा नतिजा सार्वजनिक गर्ने जानकारी दिएका हुन्।

उनले लगभग सबै प्रक्रिया सकिएको छ,यो महिना अन्तिममा नतिजा सार्वजनिक हुन्छ।’ एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो।

बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन्। यसअघिका दुई वर्ष कोभिड-१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएको थियो।

परीक्षा बोर्डले एसइईको नतिजा प्रकाशन गर्न इच्छुक संघ संस्थाहरूसँग आवेदन माग गरिसकेकाे छ। बोर्डले सोमबार एक सूचना प्रकाशित गरी असार २६ गतेभित्र आवेदन दिन इच्छुक संघ संस्थाहरूलाई आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट