विवाह बन्धनमा बाँधिइन् पूर्व मिस नेपाल श्रेष्ठ

डेटूडे खबर डेस्क
२२ आषाढ़ २०७९
पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले विवाह गरेकी छन्। मंगलबार राजधानीकाे एक पार्टी प्यालेसमा नेवारी परम्परा अनुसार प्रेमी राहुल मोक्तानसँग सदीक्षाले विवाह गरेकी हुन्।
विवाह समारोहमा दुवैका नजिकका आफन्त साथीभाइ तथा पूर्व मिस मलिना जोशी, सुगारिका केसीको सहभागिता रहेको थियो। राहुल र सदीक्षा एक वर्षभन्दा लामाे समयदेखि प्रेम सम्बन्धमा थिए।
सदीक्षा सन् २०१० कि मिस नेपाल हुन् भने भने राहुल जिम व्यवसायी हुन्।