अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा

डेटूडे खबर डेस्क
२२ आषाढ़ २०७९
काठमाण्डाै। अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आज प्रतिनिधि सभा बैठकमाे सांसदले उठाएका प्रश्नकाे जवाफ दिँदै शर्माले राजीनामा दिएका हुन्।
जनार्दन शर्मा माथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताए । शर्माले छानबिन समितिलाई सघाउने प्रतिबद्धता समेत गरेका छन् ।