पर्सामा २ सय ७० किलो गाँजा बोकेको ट्रकसहित दुई जना पक्राउ

  डेटूडे खबर डेस्क
  २३ आषाढ़ २०७९

                            

पर्सा । पर्सामा दुई सय ७० किलो गाँजा बोकेको ट्रकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पर्साको परवानीपुर सडकमा गाँजा बोकेको यूपी २१ एएन ९९५७ नम्बरको भारतीय ट्रक र बिहारका विजेशकुमार यादव र बिहारकै धर्मेन्द्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ठूलो मात्रामा गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरीले विशेष टोली खटाएको थियो । 

पक्राउ परेकाहरूलाई लागुऔषध कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट