काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई मेयर मण्डलले दिए महोत्तरीको मटिहानी भ्रमणको निम्तो

  डेटूडे खबर डेस्क
  २३ आषाढ़ २०७९

                            

महोत्तरी । देशको संघीय राजधानी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डलबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटघाटका क्रममा मेयरद्वयबीच सांस्कृतिक नगरी काठमाडौं र मटिहानीबीच सहकार्यबारे पनि छलफल भएको मेयर मण्डलले बताए ।

मेयर बालेनले मटिहानी नगरपालिका पनि सांस्कृतिक नगर रहेको बताउँदै आफू पनि त्यहाँको सांस्कृतिक तथा धार्मिकस्थलको भ्रमण गर्न उत्सुक रहेको बताए ।

सो भेटघाटको क्रममा मटिहानी नगरपालिकाका मेयर मण्डलले सांस्कृतिक नगरी मटिहानी भ्रमणको निम्तो दिएका थिए ।

मटिहानीका मेयर मण्डलले भेटघाटको क्रममा मेयर बालेनलाई श्री लक्ष्मीनारायण मन्दिरको तस्वीर र बालेनले मण्डललाई गणेश भगवानको मूर्ति मायाको चिनोस्वरुप आदान–प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट