प्रदेशमा आन्तरिक मामिला मन्त्रालयको नाम फेरेर गृह मन्त्रालय राखौं : मुख्यमन्त्री लालबाबु राउत
.jpg)
डेटूडे खबर डेस्क
२३ आषाढ़ २०७९
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आन्तरिक मामिला तथा कानून मन्त्रालयको नाम परिवर्तन गरी गृह मन्त्रालय राख्न सातै प्रदेशका मन्त्रीसँग आग्रह गरेका छन् ।
शान्ति सुरक्षा तथा विपद व्यवस्थापन सम्बन्धी सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुको जनकपुरधाममा आयोजित भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उक्त आग्रह गरेका हुन् । उनले संघमा गृह मन्त्रालय रहेको र प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय राखिएपछि बुझनै गाह्रो भएको बताए ।
त्यहि भएर अन्य प्रदेशका मन्त्रीलाई पनि नाम परिवर्तन गर्न आग्रह गरे ।
उनले मधेश प्रदेशले आन्तरिक मामिला तथा कानून मन्त्रालयको नाम परिवर्तन गरी गृह राखिसकेको समेत बताए।
‘आन्तरिक तथा कानूनलाई गृह नबनाए सम्म हामी केही गर्न सक्दैनौं’ समेत मुख्यमन्त्री राउत बताएका छन् ।