स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते

डेटूडे खबर डेस्क
२३ आषाढ़ २०७९
सिरहा । सिरहामा स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
जिल्लाको सिरहा नगरपालिका १२ मा बिहिवार बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस अनियन्त्रित भई पल्टिएको हाे।
दुर्घटनामा घाइते भएका ८ जनाको प्रादेशिक अस्पताल सिरहामा उपचारका लागि पठाइएको छ।
घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरी चौकी बेल्हाले जनाएको हो ।