पुलमा झुण्डिएको अवस्थामा एक पुरुष मृत फेला

  डेटूडे खबर डेस्क
  २७ आषाढ़ २०७९

                            

चितवन :  चितवनमा एक जना मानिस मृत भेटिएका छन् । पूर्वी चितवनको रत्ननगर ३ स्थित बेल्सी पुलमा झुण्डिएको अवस्थामा एक पुरुष फेला परेको हो । पुलको पिल्लरमा नाईनलको डोरीमा झुण्डिएको अवस्थामा उक्त पुरुष फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६ : १५ बजेको समयमा उक्त मानिस देखिएको हो । अन्दाजी ५० वर्षको मानिसको नाम, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट