मामा–भान्जाको शव फेला

  डेटूडे खबर डेस्क
  २७ आषाढ़ २०७९

                            

सिरहा । सिरहामा दुई युवकको शव फेला परेको छ ।

सोमबार विहान सिरहा र धनुषा जोड्ने कमला नदीको ढोका छेउमा २ युवकको शव फेला परेको छन् ।

जिल्लाको कर्जन्हा नगरपालिका १ स्थित बन्दीपुरका १७ वर्षीय मोहम्द अलि र भारतको बिहार राज्य घर भएका १९ वर्षीय जफर शेखको शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए ।

दुबैजना ज ९ प ६१९४ नम्बरको बुलेट मोटरसाइकल लिएर उत्तर बाहिनी गएका थिए ।

प्रहरीले शव फेला परेका दुबैजना मामा भान्जा रहेको र नदीले बगाएर दुबैजनालाई कमला ढोका छेउमा ल्याएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

दुबै शवलाई पोष्टमार्टमका लागि लहान पठाइएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट