फेरी बढ्यो यातायातको भाडा

  डेटूडे खबर डेस्क
  २८ आषाढ़ २०७९

                            

जनकपुरधाम । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा पुनः भाडादर वृद्धि गरेको छ। यात्रुवाहक सवारीसाधनमा एक दशमलव ७९ प्रतिशत भाडा बढाइएको हो।

पछिल्लो पटक भाडा समायोजना गर्दा आधार लिइएको डिजेलको मूल्य १६३ भएकोमा असार २० गते प्रतिलिटर रु ९ का दरले इन्धनको मूल्य बढेपछि भाडा समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा दुई दशमलव ३४ प्रतिशत र तराई बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा दुई दशमलव ६० प्रतिशत भाडा बढाइएको हो।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट