पानीमा डुबेर एक युवकको मृत्यु

  डेटूडे खबर डेस्क
  २८ आषाढ़ २०७९

                            

सप्तरी । सप्तरीमा पानीमा डुबेर १ जना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ मुसहरी टोल बस्ने ३० वर्षीय को रामउदगार सदा रहेका छन् ।

सोमबार दिउँसो बाटतेल लिन भनि निस्केका सदा माझी पोखरीमा डुबेर मृत फेला परेको छ । मदिरा सेवन गरी पानीमा डुबेको हुन सक्ने प्रहरीको अनुमान छ ।

स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शवको कानुन बमोजिम मुचुल्का गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट