जनकपुरधामका सामुदायिक विद्यालयमा आजदेखि १ महिना बिदा

  डेटूडे खबर डेस्क
  २९ आषाढ़ २०७९

                            

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा आज बुधवारदेखि एक महिना बिदा दिइएको छ । 

उपमहानगपालिकाको शिक्षा शाखा प्रमुख मेहीलाल यादवले सूचना निकालेर उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा आजदेखि साउन २६ गतेसम्म बर्खे बिदा दिइएको जानकारी दिनुभएको छ ।

विद्यालयमा एक शैक्षिक सत्रमा हिउँदे बिदा र वर्षे बिदा दुवै गरी ४५ दिन पठनपाठन बन्द रहने व्यवस्था भएअनुसार उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा पालिकाको शैक्षिक क्यालेन्डर अनुसार बर्खे बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ । 

विद्यालयमा पठनपाठन बन्द हुँदा पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखा सानोठिमी भक्तपुरको पत्रअनुसार सबै विद्यालयका प्रधानाध्यापकलाई बर्खे बिदाभरि उपमहानगरपालिकाको सम्पर्कमा रहन भनिएको छ । 

यस्तै विद्यालयका पूर्वनिर्धारित कार्यक्रम कक्षा ११ र १२ मा भर्ना तथा प्राविधिक शिक्षासम्बन्धी गतिविधिलगायतका कार्यक्रम भने यथावत् रहने विज्ञप्तिमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट