वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक शुरु

  डेटूडे खबर डेस्क
  २९ आषाढ़ २०७९

                            

पर्सा : जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक शुरु भएको छ । बुधवार वीरगञ्जमा सो पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकमा देशभरबाट करिव ६ सय जना सहभागी भएको जनाइएको छ ।

बैठकमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्वागत मन्तव्य राखेका छन् । बैठकमा केन्द्रीय सदस्य, कार्यकारिणी सदस्यहरुसहित १३ जनाले मन्तव्य राख्ने कार्यक्रम रहेको छ । बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको उपस्थिति छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट