\'पानीफोटो\'को ट्रेलर सार्वजनिक

  डेटूडे खबर डेस्क
  २९ आषाढ़ २०७९

                            

काठमाडौं : खगेन्द्र लामिछानेको निर्देशनमा बनेको पहिलो फिल्म 'पानीफोटो'को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार लामिछानेको जन्मदिनको अवसर पारेर फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। 

 सार्वजनिक ट्रेलरमा आफ्नो हराएको छोरोको खोजीमा फिल्मका मुख्य कलाकार अनुप बराल र मेनुका प्रधान देखिएका छन्। दशवर्षे जनयुद्धमा हराएको छोराको खोजीमा रहेका बाबुआमाको कथा फिल्ममा रहेको छ। फिल्ममा अनुप र मेनुका बाहेक लेखक तथा निर्देशक लामिछाने, मेनुका महत, रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

'पानीफोटो' दश वर्षअघि नाटकको रूपमा मञ्चन भएको थियो। व्यावसायिक रूपमा पनि सफल उक्त नाटकको पुस्तक पनि प्रकाशित छ। टुकी आर्ट्सको प्रस्तुति रहेको फिल्मका निर्माता रोजिना सिटौला र रवीन्द्र बज्राचार्य हुन्। दीपक बज्राचार्यले छायांकन गरेको फिल्मको सम्पादन निमेश श्रेष्ठले गरेका हुन्। 

दुई वर्षअघि नै प्रदर्शनमा आउने भनिएको फिल्म कोरोनाका कारण प्रभावित भएको थियो। फिल्म साउन १३ देखि प्रदर्शनमा आउँदै छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट