भृकुटीमण्डपमा लागेको आगो नियन्त्रणमा

  डेटूडे खबर डेस्क
  २९ आषाढ़ २०७९

                            

काठमाण्डाै - भृकुटीमण्डपमा लागेको आगो झन्डै साढे दुई घण्टामा नियन्त्रणमा  आएको छ ।

काठमाण्डौ, भक्तपुर र ललितपुर लगायतका विभिन्न ठाउँका दमकल,  पानी ट्याङ्कर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको  जिल्ला प्रहरी परिसर, काठमाण्डौका एसपी दिनेशराज मैनालीले जानकारी  दिनुभयो ।

भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा आगो लागेको हो । आगलागीबाट  गोदाममा रहेका सामान जलेर नष्ट भएका छन् । आगलागी भएको ठाउँमा गएर महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि अवलोकन गर्नु भएको छ ।

आगलागीबाट मानवीय क्षति भएकाे छैन । अरु क्षतिको पूर्ण विवरण भने आइसकेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट