रौतहटमा डल्फिन जस्तै देखिने अनौठो माछा फेला पर्‍यो

  डेटूडे खबर डेस्क
  २९ आषाढ़ २०७९

                            

रौतहटको वागमती नदीमा डल्फिन फेला परेको छ। जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं-१ गंगापिपरस्थित वागमती नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा डल्फिन फेला परेको हो।

दुर्गा भगवती गाउँपालिका वडा नं-२ घर भएका राजकुमार सहनीले वागमतीमा करेन्ट लगाउँदा उक्त डल्फिन भेटाएपछि विक्रीका लागि पिपरा बजारमा लगिएको थियो।

बजारमा बेच्न राखेपछि डल्फिन हेर्न मानिसको भीड लागेको थियो। सहनीले प्रतिकिलो १ हजार मोल राखेपछि बजारमा आउने व्यक्ति हेरेर फर्किने गरेको स्थानीय बासिन्दाले बताए। डल्फिनको तौल करिब ११ किलो रहेको छ। यदि डल्फिन हो भने बेच्न र खान दुबै प्रतिबन्ध रहेको जनाकारहरू बताउँछन्।

माछा विशेषज्ञ राधेश्याम झाका अनुसार यो डल्फिन नै हो। यसको संरक्षण गर्नुपर्ने झाले बताए। झाका अनुसार डल्फिन मार्नु पनि ठूलो अपराध हो। समुद्रबाट भारत हुँदै नेपालतिर आएको हुँदा यसलाई संरक्षण गर्नुपर्ने झाको भनाइ छ।

मंगलबार भेटिएका माछा यदि डल्फिन नै हो भने दुर्गा भगवती क्षेत्रमा माछा मार्न पूर्ण रूपमा प्रतिबन्ध लगाउने गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट