सिरहाको मिर्चैयामा एक युवकको शव फेला

  डेटूडे खबर डेस्क
  ३० आषाढ़ २०७९

                            

सिरहा ।सिरहाको मिर्चैयामा एक युवकको शव फेला परेको छ।

मिर्चैया ननगरपालिका ९ ढोढ्ना फत्तेपुर बस्ने २९ वर्षीय जीवन साहको शव भेटिएको फेला परेको हो ।

बुधबार साँझ प्र. २–०१–००३ प ३२४८ नम्वरको मोटरसाइकलमा तरकारी किन्न मिर्चैया बजार गएका साहको शव मिर्चैया ननगरपालिका ९ घुर्मीचौकदेखि सय मिटर उत्तर सडकपेटीमा भेटिएको हो ।

आज बिहान साहको शव स्थानीयलेदेखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी चढेको मोटरसाईल सडकको अर्को किनारामा ढलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना भएको जस्तो देखिएपनि घटना सङ्कास्पद रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिवहादुर ओलीले बताए ।

घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट