जनकपुरधाममा विद्युतीय तार टुटेर तल खस्दा सडक अवरुद्ध

  डेटूडे खबर डेस्क
  ३० आषाढ़ २०७९

                            

जनकपुरधाम । 

जनकपुरधाममा विद्युतीय तार टुटेर तल खस्दा सडक अवरुद्ध भएको छ ।

जनकपुरधामको मिल्स एरिया स्थित शुभ चौकमा विद्युतीय तार खस्दा सडक अवरुद्ध बनेको छ ।

मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा पछिल्लो समय गाडीको चाप बढेको छ । तर विद्युतीय तार चौकमै खसेपछि सडक अवरुद्ध बनेको हो ।

शुभचौकमा पार्किङ्ग गरिएको अपाचे मोटरसाइकलमा विद्युतीय तार टुटेर खसेको हो ।

यता धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले विद्युतीय तार टुटेको कारण कुनै मानविय क्षति नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट