पाँच लाख रुपैयाँसहित एक भारतीय पक्राउ

डेटूडे खबर डेस्क
३१ आषाढ़ २०७९
मलगंवा। प्रहरीले श्रोत खुल्न नसकेको ५ लाख रुपैयाँसहित एक भारतीयलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको कन्हौली निवासी ३० वर्षीय विजय ठाकुर रहेको प्रहरीले जनाएको छ ।
बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका ठाकुरलाई मलंगवा नगरपालिका ८ बाट पक्राउ गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
ठाकुरले लगाएको हेलमेटको भित्र लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको नेपाली ५ लाख ११ हजार ५ सय र भारु ५ हजार बरामद भएको उनले बताए ।
श्रोत खुल्न नसकेको रकमसहित पक्राउ परेका ठाकुरको बिषयमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।