लक्ष्मीनियाँमा सडक अवरुद्ध

  डेटूडे खबर डेस्क
  ३१ आषाढ़ २०७९

                            

जनकपुरधाम । लक्ष्मीनियाँदेखि सिनुरजोडा हुँदै गइरहेको सडक निर्माण कार्यले तिव्र गति लिएको छ।

तर माटो खुर्काएर पानी नहालेको अवस्था छ त्यस कारण धुलोनै धुलो खान बाध्य भएका लक्ष्मीनियाँ बजारका पसलेहरु आक्रोशित भएका छन् ।

तर लागातार निर्माण कम्पनीका ठूलो गाडीहरुको आवत जावत ले गर्दा धुलो समेत खान परेको हुनाले शुक्रबार  लक्ष्मीनियाँ बाजारका केही पसलेहरुले मिलेर सडकमा  बेन्च हालेर  अवरुद्ध गरेका छन् ।

निर्माण कम्पनीले काम गर्दै गरेको बेला सम्पुर्ण विषयलाई ध्यान दिनुपर्ने हुन्छ धेरै  काम भयो तर अहिलेसम्म पानीको एक थोपा छैन स्थानीयले गुनासो पोखे ।

त्यसैक्रममा सोही निर्माण कार्यले जादै गरेको एउटा हाइवे पुगेपछि केही नोक्झोक समेत भएको छ।

गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्र र  वडाका अध्यक्ष गंगा साहले  यसबारे  ध्यानाकर्षण गरोस र व्यवस्था मिलाइओस भन्ने स्थानीय अर्थ राजले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट