विद्यापति पुरस्कारबाट पाँच श्रष्टाहरु पुरस्कृत

  डेटूडे खबर डेस्क
  ३१ आषाढ़ २०७९

                            

जनकपुरधाम । नेपाल विद्यापति पुरस्कार २०७८ बाट पाँच जना श्रष्टाहरु पुरस्कृत भएका छन् ।

नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबाट रमेशरञ्जन झा, नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कारबाट निर्मला झा र अशोककुमार दत्त, नेपाल विद्यापति अनुसन्धान पुरस्कारबाट सूर्यप्रसाद यादव र अर्जुनप्रसाद गुप्ता पुरस्कृत भएका छन् ।

पुरस्कृत भएका श्रष्टाहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चेक तथा सम्मान पत्र हस्तान्तरण गरेका छन् ।

मन्त्री श्रेष्ठ उक्त कार्यक्रममा बोल्दै संघीय नेपालमा भाषाको संरक्षण र सम्वर्द्धनका लागि परिमार्जित सांस्कृतिक नीति तयार गर्ने प्रतिवद्धता जनाए ।

मन्त्री श्रेष्ठले सीमान्त समुदायको भाषा, साहित्य र कला संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न समयानुकुल सांस्कृतिक नीति छिट्टै तर्जुमा गरिने बताए ।

भाषिक र सांस्कृतिक विविधता सहितको हाम्रो मुलुकले विविधताभित्र एकताको सन्देश दिन सक्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

 
 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट