मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

डेटूडे खबर डेस्क
३२ आषाढ़ २०७९
जनकपुरधाम । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनएको छ ।
महाशखाका अनुसार हाल प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका आंशिक देखि सामान्यता बदली रहि ति प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।दिउँसो देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातीस् देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक देखि मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र अन्य प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।