पेट्रोलियम पदार्थको मूल्य घट्याे
डेटूडे खबर डेस्क
०१ श्रावण २०७९
जनकपुसरधाम । भारतीय आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।
अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट नेपाल आयल निगमलाई मूल्य घटाएर पठाइएको हो।
शनिबार आएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको नेपाल आयल निगमले जनाएकाे छ।