जीपको ठक्करबाट १ व्यवसायीको मृत्यु

  डेटूडे खबर डेस्क
  ०१ श्रावण २०७९

                            

धनुषा । धनुषामा भारतीय जीपको ठक्करबाट ढल्केबरका १ व्यवसायीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिथिला नगरपालिका ६ ढल्केवरका ४५ वर्षीय शिवलाल यादव रहेका छन् ।

शनिबार राति १० बजे जनकपुर ढल्केबर सडक खण्ड अन्तरर्गत मिथिला नगरपालिका ६ स्थित ढल्केवरतर्फ आउँदै गरेको बिआर ०१
एआर ९७७० नम्बरको भारतीय जीपले सोही दिशाबाट आइरहेको ज ९ प ९४३५ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।

पछाडिबाट तीव्र गतिमा आइरहेको भारतीय नम्बरको जीपका चालक बसही पुल नजिक नियन्त्रण गुमाएपछि जीप पल्टिएर यादव सवार मोटरसाइकल च्यापिएको थियो ।

च्यापिएर गम्भीर घाइते भएका यादवको उपचारको क्रममा शनिबार राति ११:३० बजे प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको छ ।

यादव ढल्केवरस्थित दुर्गामन्दिर नजिक बिसौं वर्षदेखि कपडाको व्यापार गर्दै आएका थिए ।

दुर्घटनामा संलग्न जीप र त्यसका चालक बिहार मधुबनी जिल्ला धजवा बस्ने ३६ वर्षिय मन्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट