महोत्तरीको पिपरा गाउँपालिकामा २४ घण्टे जनता अस्पतालको शुभारम्भ
डेटूडे खबर डेस्क
०१ श्रावण २०७९
पिपरा । आइतवार महोत्तरीको पिपरा गाउँपालिकामा २४ घण्टे जनता आकस्मिक (इमरजेन्सी) सेवा शुभारम्भ भएको छ ।
पूर्व कृषि मन्त्री हरिनारायण यादवले अस्पतालको उद्घाटन गरेका हुन् ।
त्यस्तै उद्घाटन समारोहलाई सम्वोधन गर्दै पूर्व मन्त्री हरिनारायण यादव गाउँवासिको लागि खुसीको खबर रहेको कारण अब आफ्नै ठाउँमा २४ घण्टे आकस्मिक (इमरजेन्सी) सेवा संचालनमा आएकाले बाहिर जानुपर्ने बाध्यता हटेको बताए ।
त्यस्तै कार्यक्रमको अध्यक्षता गरेका पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु ठाकुरले भने २४ घण्टे आकस्मिक (इमरजेन्सी) सेवा पहिलाको भन्दा अहिले याेजनाबद्धरुपमा सेवाको लागि संचालनमा आएको र याे नगरवासीको लागि एकदमै लाभदायक रहेको दावी समेत गरे ।
कार्यक्रममा अस्पतालका डा.आशिस साहले आउने दिनमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा बिज्ञ डाक्टरहरुलाई यस अस्पतालमा निरीक्षण गराउने उदेश्य रहेको र अस्पताललाई राम्रो गर्ने उद्देश्यका साथ आगाडी बढ्ने र यसलाई सेवा मुखी बनाई जनतालाई शुलभ सेवा दिने जानकारी समेत गराए । त्यस्तै यस अस्पतालमा ओपिडी, इमर्जेन्सी, ब्लड चेक जाँच, प्रसुति सेवा सहित सयौं वेडहरु सुविधा सहित इमर्जेन्सी सेवा संचालनमा ल्याइएकाे साहले जानकारी गराए ।
उद्घाटन समारोहमा प्रदेश सांसद अभिराम शर्मा, मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, गाउँपालिका अध्यक्ष राम जानकी यादव र उपाध्यक्ष वन्दना पाण्डेय, पिपारा गाउँपालिकाका वडाअध्यक्ष शुभकामना व्यक्त गरेका थिए ।
