बसले ठक्कर दिँदा १ जना साइकलयात्रीको मृत्यु

डेटूडे खबर डेस्क
०३ श्रावण २०७९
कैलाली : गौरीगंगा नगरपालिका–१ चौमाला बुहमुखी क्याम्पस नजिक बसको ठक्करबाट १जनाको मृत्यु भएको छ ।
गौरीगंगा–२ कटानका अन्दाजी ४६ वर्षीय खडक थापाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार चौमाला बुहमुखी क्याम्पस नजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोे ना६ख ९६९३ नम्बरको सुदूरपश्चिम यातायातको बसले विपरीत दिशातर्फ आउँदै गरेका साइकलयात्री थापालाई ठक्कर दिएको थियो ।
घाइते थापाको धनगढीस्थित निसर्ग अस्पतालमा उचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो। बस र बसचालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ।