सार्वजनिक विदाको दिन चल्ने सरकारी सवारी साधनको चावी नखोस्न गृह मन्त्रालयले निर्देशन

  डेटूडे खबर डेस्क
  ०५ श्रावण २०७९

                            

काठमाडौं । सार्वजनिक विदाको दिन चल्ने सरकारी सवारी साधनको चावी नखोस्न गृह मन्त्रालयले निर्देशन दिएको छ । बुधबार गृहसचिव स्तरीय बैठकले सो निर्देशन जारी गरेको हो ।

विभिन्न समूहले सार्वजनिक विदामा चलेका सरकारी सवारी साधन रोक्ने, चाबी खोस्नेलगायतका काम भइरहेको हुँदा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधनहरूलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा चावी नखोस्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट