‘पन्छी’ भिडियो सार्वजनिक

  डेटूडे खबर डेस्क
  ०५ श्रावण २०७९

                            

कलाकारिता विषयलाई उठान गरिएकोे म्युजिक भिडियो ‘पन्छी’ सार्वजनिक भएको छ ।  यस गीतमा गायक केतन क्षत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । सो भिडियोमा गीतकार रमेश लुइँटेलकोे शब्द र हेमन्त शिशिरको सङ्गीत रहेको छ । भिडियोमा दिक्पाल कार्की, दिपेश परियार, जुना कार्की, मनोज कार्की र सजिना राईको अभिनय हेर्न पाइन्छ ।  

‘उड मेरो पन्छी पखेटालाई थाम्दै’, ‘सपना तिम्रो आकाश छुने, स्वतन्त्र भई..’, ‘मलाई छोडी तिमी आफ्नो..’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ।

सुजन श्रेष्ठले छायाङ्कन गरेको सो भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।  मुनाल शिशिर कोइरालाको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको जनाइएको छ । भिडियो ‘नेपाली मेलोडिज’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । निर्माण समूहले भिडियोलाई हेरेर प्रतिक्रिया दिन दर्शक श्रोतालाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट