लहानका उपमेयर महतोले बलात्कार गर्न खोजेको भन्दै उजुरी

  डेटूडे खबर डेस्क
  ०६ श्रावण २०७९

                            

सिरहा । सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले बलात्कारको प्रयास गरेको भन्दै उजुरी परेको छ ।

पीडित महिलाले इलाका प्रहरी कार्यालय लहानमा उपमेयर महतो विरुद्ध जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता गराएकी इलाका प्रहरी कार्यालय लहानका डीएसपी सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

उपमेयर महतोविरुद्ध अस्ति उजुरी परे पनि आज मात्रै सार्वजनिक भएको हो । उपमेयरले जागिर लगाइदिने भन्दै आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको उजुरीमा उल्लेख छ ।

अदालतबाट पक्राउ पूर्जी प्राप्त भएकाले उपमेयर महतोलाई पक्राउ गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट