यस्तो छ प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयक [पूर्णपाठ]
डेटूडे खबर डेस्क
०७ श्रावण २०७९
जनकपुरधाम । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । शुक्रवार प्रतिनिधि सभाबाट विधेयक पारित भएको हो । नयाँ विधेयकअनुसार नेपालको संविधान जारी हुनुपूर्व अर्थात् २०७२ साल असोज ३ गतेअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।
यस्तै नेपालको नागरिक आमाबाट नेपालमा जन्म भइ नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ । कुनै महिलाले एकल अभिभावकत्वमा हुर्काएका सन्तानलाई बुबाको पहिचान नभएको अवस्थामा वंशजको नागरिकता दिने विधेयकमा उल्लेख छ ।