हेटौंडामा जारी प्रेस युनियनको महाधिवेशनमा चार पदाधिकारी निर्विरोध, बाँकी मतदान हुँदै

  डेटूडे खबर डेस्क
  ०७ श्रावण २०७९

                            

हेटौडा । प्रेस युनियनको केन्द्रीय समितिका चार पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् भने अध्यक्ष लगायत बाँकी पदमा मतदान हुन लागेको छ।

हेटौंडामा जारी युनियनको महाधिवेशनमा एक उपाध्यक्ष र तीन सचिव निर्विरोध निर्वाचित भएका हुन्। प्रेस युनियन निर्वाचत समितिका अनुसार समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै, थारु सचिवमा सहदेव चौधरी, अनलाइन सचिवमा छाँया भण्डारी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी पनि निर्विरोध निर्वाचित भएका छन्। यी चारै पदमा एक जनाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो।

यसैगरी, महिला सदस्यमा पूजा शर्मा र सिर्जनाकुमारी गौतम निर्विरोध निर्वाचित भएका छन्। खस आर्य महिला केन्द्रीय सदस्यमा बालिका सिवाकोटी र जेविका कार्की, थारुतर्फ लक्ष्मीमान थारु, थारु महिला सदस्यमा अञ्जना थारु र मधेशी महिलामा सुधा देव पनि निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै, आदिवासी जनजातितर्फ छविलाल माल, निमा लामा र सुवासकुमार सुनुवार, आदिवासी महिलातर्फ रीता मगर, दलित महिलातर्फ फूलमाया सुनार, लैंगिक अल्पसंख्यकमा नारद कोहार र अपाङ्गता कोटामा कौरव खत्री पनि निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचित समितिका अनुसार बागमती प्रदेशबाट महिलातर्फ आत्मा गुरागाईं र रमा लुइटेल, गण्डकीबाट कृष्णकुमारी ढकाल र मायाकुमारी अधिकारी,   सुदूरपश्चिमबाट जमुना न्यूरे र निर्मला भट्ट तथा काठमाडौं उपत्यकाबाट तेजना पण्डित निर्विरोध निर्वाचित भएका छन्।

आज अध्यक्षसहित अन्य पदमा मतदान हुन लागेको छ। अध्यक्षमा अनिता विन्दु, शिव लम्साल र भुवन भट्ट उम्मेदवार रहेका छन्।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र सरोज अधिकारी, महासचिवमा जगन्नाथ दुलाल र दिलीप पौडेल उम्मेदवार बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट