एउटै रूखमा ३ जना किशोरी झुण्डिएको अवस्थामा मृत फेला

  डेटूडे खबर डेस्क
  ०८ श्रावण २०७९

                            

 झापा । झापामा तीनजना किशोरी एउटै रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। कचनकवल गाउँपालिका ५ मा आज बिहान एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेको छ ।

स्थानीय चिया बगाननजिकै जिङ खोला किनारमा बयरको रूखमा उनीहरू झुण्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष मोहम्मद नुर आलमले  जानकारी दिए।

स्थानीय करिब १६÷१७ वर्षकी करिना कुमारी गणेश, कल्पना गणेश र अन्जली गणेश झुण्डिएको अवस्थामा फेला परेका हुन्।  जिल्ला प्रहरी कार्यालयका टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।तीनैजना किशोरीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाइएको वडाध्यक्ष आलमले बताए। उनीहरुमध्ये एक किशोरी विद्यार्थी रहेकी र २ चिया बगानका श्रमिक रहेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानको क्रममा मृतक किशोरीहरूको परिवारसँग सोधपुछ भइरहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट