भोली सार्वजनिक बिदा

डेटूडे खबर डेस्क
०८ श्रावण २०७९
गोरखाको भिमसेन थापा गाउँपालिकाले यही साउन ९ गते पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
भिमसेन थापाको जन्मजयन्तीको अबसरमा गाउँपालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) ले जानकारी दिएका छन् ।
सार्वजनिक बिदाको दिन पालिका भित्रका सवै सरकारी कार्यालय, संघ संस्थाहरु बन्द हुने उनले बताए ।
जन्मजयन्तीको अबसरमा साउन ९ गते राष्ट्रिय विभूति भिमसेन थापाको जन्मथलो बोर्लाङको कोषगाउँ स्थित हवेली दरबारमा निर्माण गरिएको थापाको शालिक अनावरण गर्ने कार्यक्रम समेत रहेको छन् ।