लक्ष्मीनिया माई मन्दिरमा चोरी

डेटूडे खबर डेस्क
१० श्रावण २०७९
जनकपुरधाम । धनुषाको लक्ष्मीनिया बाजारमा अवस्थित लक्ष्मीनिया माई मन्दिरमा अज्ञात समूह द्वारा चोरी भएको हो ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका-०७ स्थित लक्ष्मीनिया माइ मन्दिरमा राती १२ देखि ४ बजे समयको बिचमा चोरी भएको बुझिन्छ। चोरी गर्नेहरु समुहमा रहेको देखिन्छ।
चोरीमा प्रयोग गरेको ताला तोडन औजार भेटिएको छ।
मन्दिरको मुख्य द्वार तोडेर भित्रको घण्टी र दानपेटीका ताला फोडी समेत रकम चोरेको छ।
साथै लक्ष्मीनिया माई प्राङ्गण स्थित स्टोर रुमको पनि ताला तोडेर भित्र रहेको दराज र पेटीका तोडि चोरी भएको स्पष्ट छ।
चोरलाई प्रहरीले खोज्न प्रयासरत छ। थप विवरण आउन बाकी रहेको लक्ष्मीनिया प्रहरीले जनाएको छ।