दुई वटा भारतीय मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  १० श्रावण २०७९

                            

सर्लाही । सर्लाहीमा दुई वटा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

बलरा नगरपालिका–७ डुमरियामा सोमबार बेलुकी दुर्घटना भएको हो ।

हिजो बेलुकी ८:३० बजे भएको दुर्घटनामा गम्भीर घाइते अवस्थामा भारत घर भएका अन्दाजी ३५ वर्षीय शंकर पासवान र २७ वर्षीय रोशन पासवान भेटिएका थिए ।

दुवै घाइतेलाई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा ल्याइएकोमा उपचारकै क्रममा शंकरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट