इन्जिनमा समस्या देखिएपछि यति एयरलाइन्सको विमान छ मिनेटमै इमर्जेन्सी अवतरण

डेटूडे खबर डेस्क
१३ श्रावण २०७९
पोखरा । पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको विमान ६ मिनेटमा नै पोखरा विमानस्थलमा इमर्जेन्सी अवतरण गरेको छ । बायाँ इन्जिनमा समस्या देखिएपछि उक्त विमान पोखरा नै फर्किएको हो ।
पोखरा विमानस्थलबाट बिहान ८ः५४ बाजे काठमाडौंका लागि उडेको यति एयरको बायाँ इन्जिन फेल भएको जानकारी क्याप्टेनले दिएका थिए । पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार जहाजमा ४५ जना यात्रु सवार थिए । उडान भरेको ६ मिनेटमा नै अवतरण भएको जहाजका सबै यात्रु सकुसल रहेका छन् । नाइन एन एएनजी कलसाइनको जहाजमा त्यस्तो समस्या आएको हो । जहाजमा सामान्य समस्या देखिएपछि एउटा इन्जिन बन्द गरेर जहाज अवतरण गरिएको यति एयरले जनाएको छ ।
क्याप्टेनका कारण सफल अवतरण गर्न सफल भएको यति एयरले जनाएको छ ।