सर्वसाधारणका लागि सयपत्री हाइड्रोपावरको आइपीओ आजबाट जारी

  डेटूडे खबर डेस्क
  १३ श्रावण २०७९

                            

जनकपुरधाम । सर्वसाधारणका लागि सयपत्री हाइड्रोपावरको आइपीओ आज साउन १३ गतेबाट निष्कासन भएको छ | यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरिएको आइपीओबाट बिक्री हुन बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता पनि थपेर कुल ७ लाख २१ हजार ६० कित्ता सेयर आइपीओ जारी गरेको हो |

जसमा (५ % ) ३६ हजार ५३ कित्ता सामुहीक लगानी कोष र (२% ) १४ हजार ४२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६ लाख ७० हजार ५८३ कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ ।

साउन १३ गतेदेखि खुल्ने यस आइपीओमा साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा साउन २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

सयपत्री हाइड्रोपावरको आइपीओमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ | रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस कम्पनीको आइपीओलाई ‘केयरएनपी डबल बी आइएस’ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट