करारका कर्मचारी नहटाउन एमालेको माग

  डेटूडे खबर डेस्क
  १३ श्रावण २०७९

                            

जनकपुरधाम । । नेकपा (एमाले) ले नयाँ आर्थिक वर्षको थालनीसँगै सङ्घ, प्रदेश र स्थानीय सरकारले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई बर्खास्त गर्न थालेको भन्दै कर्मचारी नहटाउन माग गरेको छ । 

एमालेको सङ्घीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले आज विज्ञप्ति जारी गरी सो माग गरेका हुन् । सो विज्ञप्तिमा निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीलाई नियमितरुपमा काममा लगाउन र उनीहरुको पेशागत सुरक्षा सुनिश्चित गर्न माग गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट