स्वर्गद्वारीबाट फर्कँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, १५ जना घाइते

  डेटूडे खबर डेस्क
  १४ श्रावण २०७९

                            

प्युठान – प्युठानको स्वर्गद्वारी नगरपालिकामा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन् ।

स्वर्गद्वारी दर्शन गरेर फर्कँदै गरेका यात्रु बोकेको लु ३ च ३५३ नम्बरको जीप स्वर्गद्वारी नगरपालिका–४ मा सडकबाट पल्टिँदा रुपन्देहीको मायादेवी गाउँपालिका–३ की गुडिया ठाकुरको ज्यान गएको प्रहरी निरीक्षक लालबहादुर विकले उज्यालोलाई जानकारी दिनुभयो । घाइते १५ जनालाई थप उपचारको लागि बुटवल पठाइएको छ ।

रुपन्देहीको मायादेवी गाउँपालिका र सिद्धार्थ नगरपालिकाका तीर्थयात्री बोकेर फर्किँदै गरेको जीप दुर्घटनामा परेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट