तरकारी बोकेको ट्रकमा ६ बोरा गाँजा

डेटूडे खबर डेस्क
१४ श्रावण २०७९
तरकारी लोड गरेर भारत जाँदै गरेको ट्रकबाट ६ बोरा गाँजा बरामद भएको छ ।
सशस्त्र प्रहरीको रानीस्थित बोर्डर आउट पोष्ट (बीओपी) बाट खटिएको टोलीले संखुवासभाबाट तरकारी लिएर विराटनगर हुँदै भारत जाँदै गरेको प्रदेश–१–०२–००१ख८६७७ नम्बरको ट्रकबाट ६ बोरा अर्थात १ सय ५६ बोरा लागुऔषध गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरीले बरामद गाँजासहित ट्रक र चालक धनकुटाको सहिदभूमि गाउँपालिका–३ का २९ वर्षीय विवेक राईलाई इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ । मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बन्दा बोकेर आएको ट्रकमा धनकुटाबाट गाँम्जा लोड गरेको बयान चालकले दिएको जानकारी दिए ।