एकै परिवारका चार जना मृत फेला

डेटूडे खबर डेस्क
१६ श्रावण २०७९
काठमाडौं । काठमाडाैंको तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला परेका छन्। परिवारका बाबु, आमा र छोराछोरीहरू मृत फेला परेको बताइएको छ।
सोमबार बिहान उनीहरूको मृत फेला परेका हुन्। घरभित्र बाबु, आमा र छोराछोरी मृत भेटिएको उनले बताए। मृतकहरू ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे रहेको काठमाडौंका प्रहरी प्रमुख भरत बोहोराले जानकारी दिए।