ट्रेजरी बिल जारी गर्दै नेपाल राष्ट्र बैंक
डेटूडे खबर डेस्क
१६ श्रावण २०७९
जनकपुरधाम । नेपाल राष्ट्र बैंकले आगामी मंगलबार ९१ दिने र १८२ दिने ट्रेजरी बिल जारी गर्ने भएको छ | आज सोमबार यसको बोलकबोल हुदैछ |
जारी हुने ९१ दिने ट्रेजरी बिल ५ अर्ब १० करोड रुपैयाँको र १८२ दिनको ट्रेजरी ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी हुनेछ । ९१ दिने ट्रेजरी बिल कात्तिक १५ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी माघ १७ परिपक्व हुनेछ ।
सोमबार सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी भएर सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल गर्न सक्ने छन् |
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।