महोत्तरी: बर्दिबासस्थित सिद्धार्थ बैंक रहेको भवनमा भयानक आगलागी

डेटूडे खबर डेस्क
१६ श्रावण २०७९
बर्दिवास । महोत्तरीको बर्दिवासमा अवस्थित सिद्धार्थ बैंकको शाखा कार्यालयमा सोमबार दिउँसो भयानक आगलागी भएको छ।
सिद्धार्थ बैंकको शाखा कार्यालयको तिन तले भवनमा आगलागी भएको हो।
प्रहरी र स्थानीयबासीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
त्यसतै बर्दिवास नगरपालिका र जनकपुर उपमहानगरपालिकाका २ वटा वारुण यन्त्रले यतिबेला आगो निभाइरहेका छन्