गोलरक्षक किरण चेमजोङले मैदानमै गरे प्रेमिकासँग विवाहको प्रस्ताव

  डेटूडे खबर डेस्क
  १७ श्रावण २०७९

                            

काठमाडौं :  नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले मैदानमानै इन्गेजमेन्ट गरेका छन्। अहिले माल्दिभ्समा रहेका किरणले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेसँगै प्रेमिकालाई ट्रफिको साथमा औंठी पहिराउँदै विवाह प्रस्ताव राखे।

 लिगको उत्कृष्ट गोलरक्षक समेत रहेका किरणले उपाधि जितेसँगै सबैको सामुन्ने इन्गेजमेन्ट रिङ्ग पहिराएका थिए। उनले आफ्नो सामाजिक संजाल इन्सटाग्राम मार्फत उक्त क्षणको भिडियो पनि सार्वजनिक गरेका छन्।

किरण र प्रेमिका कन्चन निरौला लामो समयदेखि प्रेममा रहेका थिए। निरौला विमान परिचारिका रहेकी छिन्। किरणले कन्चनसँगै आमालाई पनि माल्दिभ्स लगेका थिए।

लिगमा किरणको टिम माजिया स्पोर्टस एण्ड रिक्रियशन च्याम्पियन बनेको थियो। उनले टिमलाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका थिए। माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा किरणले दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड समेत जित्न सफल रहे। यसअघि किरणले सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका थिए। माल्दिभ्समा किरणले माजियाबाट पहिलो तथा व्यक्तिगत रुपमा दोस्रो लिग उपाधि जितेको छ।

मायिजाले लगातार तेस्रो सिजन उपाधि जित्दै लिगमा ह्याट्रिक गर्ने क्रममा २१ मध्ये २० खेलमा जित हासिल गर्दा एक खेलमा हार भोगेको थियो। दुई खेल अगावै च्याम्पियन बनेको माजियाले लिगको अन्तिम खेलमा क्लब इगलमाथि ५-० को प्रभावसालि जित हासिल गर्‍यो।

माजियाको फराकिलो जितमा असादुल्ला अब्दुल्लाले दुई तथा इब्राहिम वाहिद हसन, नेइज हसन र हम्जा मोहम्मेदले समान एक गोल गरे। माजियाले दोस्रो स्थानको क्लब इगल्सलाई १४ अंकले पछि पार्यो। जितसँगै माजियाले २१ खेलबाट ६० अंक जोड्दा दोस्रो स्थानको इगल्सको ४६ अंक रहेको छ।

माजियाले लगातार तेस्रोपटक उपाधि जित्दै उपाधिमा ह्याट्रिक गरेको हो क्लबले २०१६ यता लगातार उपाधि जित्दै आएको छ। समग्रमा भने उसको यो चौंथो लिग उपाधि हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट