घरमा रकेट बम हानिएको सांसद रेणुका गुरुङको दाबी, आजीवन पिएसओ चाहियो

  डेटूडे खबर डेस्क
  १७ श्रावण २०७९

                            

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेणुका गुरुङले सोमबार साँझ महाराजगञ्जस्थित आफ्नो निवासमा अज्ञात समूहले रकेट बम हानेको दाबी गरेकी छन्। 

महाराजगञ्ज स्थित आफ्नो निवासमा सोमबार बेलुकी ८ः२५ गते राति बम प्रहार भएको सांसद गुरूङले प्रतिनिधि सभा बैठकमा बताएकी हुन्। 'हिजो राति ८ स्२५ देशदोह्रीले मेरो घर भित्र बम पड्काए। घरका सबै आतंकित भए। दुई जना लोग्ने मान्छे मोटरसाइकमा गएको देखेँ। अध्याँरो भएकाले चिन्न सकिनँ', गुरूङले बैठकमा भनिन्, 'महाराजगञ्जमा प्रहरीलाई फोन गरेपछि प्रहरी आयो। कम्पाउण्ड भित्र रकेट बमको खोल भेटियो। जुन प्रहरीले लिएर गयो।'

उनले त्यसपछि महानगरीय प्रहरी बृत्त महाराजगञ्ज र गृहमन्त्री बालकृष्ण खाणलाई फोन गरेको बताइन्। 'त्यसपछि महाराजगञ्ज थानाको नम्बर खोजेँ फोन गरेँ। गृहमन्त्रीलाई पनि गरेँ उठेन। प्रहरी आएपछि म पनि आँगनमा ‌ओर्लिएँ', उनले भनिन्, 'कम्पाउन्डभित्र रकेट बमको खोल भेटियो। जुन प्रहरीले लिएर गए। त्यसपछि माननीय उपसभामुख पुष्पा भुसाललाई फोन गरेँ उहाँले सान्त्वना दिनुभयो।'

गुरूङले प्रतिनिधि सभा बैठकमा सुरक्षा समेत माग गरेकी छिन्। 'म संघीय सांसद र कार्यपालिकाको सदस्य भइसकेकाले म र मेरो घर परिवारको सुरक्षार्थ पूर्व राज्यमन्त्रीले अनिवार्य पाउनुपर्ने आजीवन पिएसो (व्यक्तिगत सुरक्षाकर्मी) का लागि म गृहमन्त्री र नेपाल सरकारसँग माग गर्दछुु', गुरूङले भनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट