आज मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट हुने

डेटूडे खबर डेस्क
१७ श्रावण २०७९
जनकपुरधाम । मन्दाकिनी हाइड्रोपावरको आइपीओ आज मंगलबार दिउँसो ४ बजे बाँडफाँट हुने बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडलले जनाएको छ | यसमा १६ लाख १० हजार ९२६ जनाले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले भने सर्वसाधारणका लागि १० लाख ९३ हजार ७४९ कित्ता मात्र खुलाएको थियो |
मन्दाकिनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।