विप्लव समूहका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेकोप्रति एमालेको आपत्ति

  डेटूडे खबर डेस्क
  १७ श्रावण २०७९

                            

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई कारबाहीका लागि पत्र पठाएको भन्दै आपत्ति जनाएको छ । 

आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद विशाल भट्टराईले सरकारले शान्ति प्रक्रियामा आएर प्रतिस्पर्धात्मक गतिविधिमा सहमति जनाइसकेको दललाई पुनः शान्ति प्रक्रियाबाट बिथोलेर जनतामा त्रासको वातावरण फैलाएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘भर्खरै सरकारले नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूह भनेर चिनिने एउटा समूहलाई फेरि थप कारबाहीका लागि पत्र पठाएको हामीले सुन्यौँ । सरकारले पक्राउ गर्न आदेश दिएको हो भने प्रतिपक्ष दलका हैसियतले म यो कामबाट तत्काल पछि हट्न र पक्राउ पुर्जी फिर्ता लिन सरकारलाई ध्यानाकर्षण गराउँछु ।’

सांसद भट्टराईले हिंसाको बाटो रोजेको विप्लव र सिके राउतको पार्टीलाई शान्तिपथमा ल्याउन तत्कालीन केपी ओली शर्मा नेतृत्वको सरकारले धेरै मेहनत गरेको भन्दै यसलाई अहिलेको सरकारले पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । 

सांसद भट्टराईले विपद् व्यवस्थापन प्राधिकरण निष्क्रिय भएको भन्दै नेपाल सरकार र पालकिा सरकारको तर्फबाट केही दिन अघिमात्रै खोटाङमा गएको भूकम्पको क्षति विवरण सङ्कलन गरी जनतालाई राहत दिन आग्रह गर्नुभयो । उहाँले भूकम्पको तत्काल क्षतिको विवरण सङ्कलन गर्ने काममा पनि सरकारले ढिलासुस्ती गरेको आरोप लगाउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट