पेट्रोलियमको मूल्य घटाउन माग गर्दै आयल निगममा अनेरास्ववियूको प्रदर्शन

  डेटूडे खबर डेस्क
  १८ श्रावण २०७९

                            

काठमाडौं । अनेरास्ववियू वागमती प्रदेश कमिटी उपत्यका बिशेष कमिटीले पेट्रोलियम पदार्थको र एलपी ग्यासको मूल्य घटाउन माग गर्दै बुधबार विरोध प्रदर्शन गरेको छ। टेकुस्थित आयल निगममा कालोपाट्टी बाँधेर प्रदर्शन गर्दै आयल निगमलाई ज्ञापनपत्रसमेत बुझाइएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै सोही अनुसार नेपालमा मूल्य समायोजन नभएकोप्रति बिरोध प्रदर्शन गरेको हो। केही दिन भित्रमा पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे निरन्तर आन्दोलन गर्ने अनेरास्ववियूले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट